नव क्षितिज साप्ताहिक २५औं वर्षमा, रजत लोगो सार्वजनिक
काभ्रे।असल शासनका लागि ग्रामिण पत्रकारिताको ध्येयसहित काभ्रेलाई जन्म र कर्मथलो बनाएर स्थापना भएको ‘नव क्षितिज साप्ताहिक’ २५औं वर्षमा प्रवेश गरेको छ। प्रकाशनको २४ वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती समारोह भव्य रूपमा मनाउने तयारी सुरु भएको छ।यसै क्रममा शुक्रबार पत्रिकाको विशेष रजत लोगो सार्वजनिक गरिएको छ। उक्त लोगो सम्माननीय सभामुख देवराज घिमिरे र पत्रिकाका प्रधान सम्पादक नवराज बजगाईं ले संयुक्त रूपमा अनावरण गरेका थिए। २५ वर्षे यात्रा, पत्रिकाको योगदान र ग्रामीण पत्रकारिताको महत्व झल्कने गरी लोगो तयार गरिएको प्रधान सम्पादक बजगाईंले जानकारी गराए।
रजत लोगो सार्वजनिक कार्यक्रममा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, युवा व्यवसायी राजेन्द्र थापा लगायतले अग्रिम शुभकामना व्यक्त गरेका थिए।पत्रिकाको रजत जयन्ती समारोह आगामी २०८२ बैशाख ८ गते काभ्रेको धुलिखेलमा आयोजना हुने छ। सो अवसरमा पत्रिकालाई निरन्तर साथ, सहयोग गर्ने महानुभावहरूलाई सम्मान गर्ने, रजत गीत सार्वजनिक गर्ने, साथै सम्बन्धित पुस्तक तथा स्मारिका विमोचन गर्ने कार्यक्रम तय गरिएको छ।
पत्रिकाले विगत २४ वर्षदेखि मुलधारको पत्रकारितामा गाउँ-गाउँका आवाज उठाउँदै आएको छ। आगामी वर्षहरूमा अझ प्रभावकारी पत्रकारिताका माध्यमबाट न्याय, सुशासन र सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता पत्रिकाले व्यक्त गरेको छ।
latest video
news via inbox
Nulla turp dis cursus. Integer liberos euismod pretium faucibua