सिंहदरवारमा गोकुल बास्कोटा गर्जदा देश गर्जन्छ:जिसस प्रमुख गौतम! कि पावर को चर्चा हुन्छ कि टावर: सांसद बास्कोटा
काभ्रे/ आगामी मार्च 27 देखि 31 सम्म हुनलागेको विश्व युवा सम्मेलनको पूर्वत तयारीको रूपमा , जिल्ला समन्वयन समितिको आयोजनामा एक विशेष जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम गत ३ गते सनिवार सम्पन्न भयो।यस कार्यक्रमको उद्देश्य स्थानीय समुदाय तथा सम्पुर्ण देशबासिलाइ सम्मेलनको महत्त्व र तयारी प्रक्रियाबारे जानकारी दिनु र यसका विभिन्न पहलुहरूमा सहभागी गराउनु हो।कार्यक्रममा जिल्ला समन्वयन समितीका प्रमुख दिपक कुमार गौतम सभापति रहनु भएको थियो भने प्रमुख अतिथि संघीय सांसद एवं पूर्वमन्त्री गोकुल बास्कोटा रहनु भएको थियो।त्यसै गरि विशिष्ट अतिथिमा कोलाम्बियाकी मिस ग्लोब २०२४ डायना मोरेनो,प्रदेश सभा सदस्य तिर्थ लामा, प्रदेश सांसद रत्न ढकाल र अतिथिमा नेपाल पत्रकार महासंघ महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, काठमाडौ विश्वविद्यालयका गोकुल केसी,जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ रहनु भएको थियो।
कार्यक्रमका बारेमा जानकारी गराउँदै जिल्ला समन्वय समिति प्रमुख दिपक गौतमले सम्मेलनबाट ग्लोवलमा छरिएर रहेका संसारभरमा युवाहरुको समस्याका बारेमा छलफल गर्नेछ।छलफलबाट निस्कर्ष निकाली सकेपछि नेपाल सरकार ,संयुक्त राष्ट संघ र लगायत अन्य निकायनाई यस समस्या यसरी समाधान गर्न सकिन्छ भनेर सुझाव सहित राखेर बुझाउनेछौ।हो त्यहि बिषयमा छलफल गर्न ७५ देश भन्दा धेरै १०० भन्दा वढी देशका प्रतिनिधिहरु समाबेश हुनुहुने जानकारी दिनु भयो।उनले भने `काभ्रेपलाञ्चोक जिल्लाका अत्यन्तै लोकप्रीय,प्रभाबसाली र विकासका वादशाहहरुको अगाडी उभिएर म राख्न चाहन्छु,काभ्रे जिल्लामा सडक वने अन्य संरचनाहरु पनि बनेका छन्। सिंहदरवारमा गोकुल बास्कोटा गर्जदा यो देश गर्जने गरेको छ। तिर्थ लामा र रत्न ढकाल गर्जिदा मकवानपुर हैन यो प्रदेश गर्जने गरेको छ। हामीलाई विश्वास छ अव सडक पनि बनाउने हो, पुर्वाधार पनि बनाउने हो, काभ्रेपलानञ्चोक लगायत यो देशका युवाहरु वेरोजगार हुने छैन भन्ने काममा संसदमा गर्जनु हुनेछ भन्ने विश्वास लिएका छौ।´
नेपालको संस्कृति तथा जलवायु परिवर्तन लगायतका ५० भन्दा धेरै विद्यामा २ सय भन्दा धेरै बक्ताहरुले जानकारी गराउने र १० हजार भन्दा धेरै युवाहरु सहभागि हुने बताए । युवा सम्मेलनको उद्घाटन सत्रमा १ लाख भन्दा धेरै युवाहरु सहभागि हुने उनले बताए ।कार्यक्रमको प्रमुख आकर्षणका रुपमा कोलाम्बियाकी मिस ग्लोब २०२४ डायना मोरेनोको उपस्थिति रहेको थियो। उनले विश्व यूवा सम्मेलनको प्रचार प्रसार गर्दैआइरहेकी छिन्।प्रदेश सांसद रत्न ढकालले देशका उर्जाशील युवा विदेश पलायन हुँदै गएको र स्वदेशमै रहेका युवाहरुमा छाएको निराशाजस्ता विविध समस्या समाधान गर्नका लागि तीन तहकै सरकार अग्रसर हुनुपर्नेमा जोड दिए ।धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा आयोजित विश्व युवा महोत्सव (वर्ल्ड युथ फेस्टिभल)को अभिमुखीकरण कार्यक्रमलाई संघीय सांसद एवं पूर्वमन्त्री गोकुल बास्कोटाले
सम्बोधन गर्दै उनले युवा चेतनाले संसारको परिर्वतनको नेतृत्व गर्ने बताएका छन्। युवाहरु सृजनाका श्रोत, सहासका प्रतीक,परिवर्तनका संवाहक र संसार बदल्ने सपना देखेको शक्ति भएको भनाइ राखेका छन्।त्यो शक्ति सधै माटो मुनि दविएर वस्दैन।त्यो उसको समयमा सतहमा आउछ।हरेक नयाँ युगलाइ नेतृत्व गर्ने हरेक नयाँ युवा नै आउछ भन्ने भनाइ वास्कोटा थियो।चेतनशील युवाको नेतृत्वले संसार परिवर्तन सम्भव हुने बताएका छन्।उनले भने, ‘युवाहरुमा विद्रोह मात्र भएर हुँदैन, युवा चेतनशील हुनुपर्छ, युवामा नेतृत्व हुनुपर्छ, रचनात्मक भाव हुनुपर्छ, यस विश्व सम्मलेनले यिनै कुरालाई समेटेको छ, यस कार्यक्रम युवाहरुका लागि निकै लाभदायी हुनेछ, युवाहरुमा नेतृत्व विकासमा वृद्धि गर्नेछ ।
कता तर्फ जाने हो ? अगाडि तर्फ हिडेको कि पछाडि तर्फ फर्केको?प्रगती चाहने कि अदोगतिमा रमाउने ?त्यस्ता युवा पनि छन् आज आएर राजतन्त्र चाहियो ।के खाँचाले राजतन्त्र चाहियो?बिचार हो सम्मान गर्न सकिन्छ। तर हेर्न सक्नु हुन्छ तपाईं देशलाइ कसले अगाडि बढायो?पोल्टिक्स एउटा सानो चिज जस्तो लाग्छ तर संसार ती अड्क्या छ।पर्यटन पर्यटन मात्रै भनेर पुग्दैननी। के पर्यटन ?बनाउन त बनाइयो नि लाकुरी भञ्ज्याङ् देखि सिन्धुलीको छेउ सम्म।टावर बनाएको होइन रत्न जि तपाईंले पनि?टावरको अहिले खुब चर्चा छ।कि पावर को चर्चा हुन्छ कि टावरको चर्चा हुन्छ।आजको युग वेबको युग हो।वेब चाहिँ पोजेटिभ जानू पर्यो।हाम्रो सम्पूर्ण साथ छ।दिपक जि लाई धन्यवाद छ।सफलताको सुभकामना´समेत ब्यक्त गर्नु भयो।कार्यक्रममा वाग्मती प्रदेशसभा सांसद तीर्थ लामाले जिल्ला समन्वयन समिति काभ्रेले युवा सम्मेलन गर्दै छ त्यसको लागि सफलताको सुभकामना व्यक्त गर्दै नेपाली काङ्ग्रेस पार्टी र ब्यक्तिगत तर्फबाट यो सम्मेलनलाई भब्य रुपमा सफल बनाउन जिसससंग दरो संगले उभिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।विश्व युवा महोत्सव ऐतिहासिक सम्मेलन भएको उल्लेख गर्दै यसले काभ्रेको मात्रै नभएर देशकै पहिचान बोकेको बताए । यस प्रकारका कार्यक्रमले युवाहरुमा नयाँ उर्जा थप्न मद्दत पुग्ने उनको विश्वास छ।यो जिल्ला समन्वयन समिति काभ्रेको मात्रै युवा सम्मेलन होइन यो समग्र काभ्रेलिको राजनीतिक कर्मी,राजनीतिक पार्टी र विभिन्न संघ संस्थाहरु सबैको कार्यक्रम भएकोले कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन हामी सबैको कर्तव्य , दायित्व तथा जिम्मेवारी भएको बिचार व्यक्त गर्नु भयो।
latest video
news via inbox
Nulla turp dis cursus. Integer liberos euismod pretium faucibua