रास्वपा : जनअपेक्षाको केन्द्र कि परम्परागत दलहरूको निशाना?
काभ्रे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबहाक सभापति डोलप्रसाद अर्याल ले राजनीतिक नेतृत्वको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन्। आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्रीले बारम्बार ‘आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने’ भनेको स्मरण गराउँदै, राज्यको उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गरिने हो भने सत्तारुढ दलका नेतामाथि उठेका आरोपको पनि निष्पक्ष छानबिन हुनुपर्ने बताए।तर, पुराना दलहरूले रास्वपालाई बिकल्पको रूपमा बढ्न नदिने योजनाबद्ध प्रयास गरिरहेका छन् भन्ने आरोप पार्टी नेताहरूबाट पटक–पटक उठ्दै आएको छ। एकातिर संसद्मा रास्वपाका नेताहरूलाई निरन्तर प्रश्न गर्ने तर अन्य दलका भ्रष्टाचार काण्डमा मौन बस्ने प्रवृत्ति, अर्कोतर्फ सरकार तथा प्रमुख शक्तिहरूले पार्टीलाई घेराबन्दी गर्ने गतिविधिले रास्वपाविरुद्ध योजनाबद्ध खेल भइरहेको छ कि? भन्ने प्रश्न उठाएको छ।
पुराना दलहरूको दृष्टिकोण : किन रास्वपाविरुद्ध चौतर्फी घेराबन्दी?रास्वपा नेपालमा पुराना दलहरूद्वारा स्थापित पुरानो राजनीतिक संरचनालाई चुनौती दिने शक्ति बनेर उदाएको छ। युवा पुस्ता, आम नागरिक, र प्रवासी नेपालीबीच यो पार्टीले व्यापक समर्थन पाएको देखिन्छ। तर, यही कारणले गर्दा पुराना दलहरू रास्वपालाई असफल बनाउन रणनीतिक घेराबन्दी गरिरहेका छन्।संसद्मा बारम्बार रास्वपा नेताहरूमाथि प्रश्न उठाइने तर ठूला भ्रष्टाचार काण्डहरूमा मौनता अपनाइने, सभापतिको नागरिकता विवादलाई उचालेर पार्टीलाई कमजोर पार्ने प्रयास गरिनु,सहकारी घोटाला लगायतका मुद्दाहरूमा ठूला दलका नेताहरूको संलग्नता हुँदाहुँदै पनि केवल रास्वपालाई प्रश्न गर्ने प्रवृत्ति देशबासिले बुझिसकेका छन्|
यस्तै आफ्ना नेतामाथि प्रश्न उठ्दा छानबिनको माग गर्ने र कानुनी प्रक्रियामा जाने रास्वपा र पुराना दलहरूले छानबिन रोक्न चलखेल गर्ने प्रवृत्तिबीचको अन्तर पनि प्रस्ट देख्न सकिन्छ।जनअपेक्षा : किन रास्वपा नै विकल्पका रूपमा हेरिंदैछ?
नेपालमा लामो समयदेखि विकास, पारदर्शिता, र सुशासनमा असफल भएका परम्परागत दलहरूबाट जनता निराश भइसकेका छन्। यसबीच रास्वपा नयाँ पुस्ताको प्रतिनिधि दलका रूपमा उदाएको छ, जसले राजनीतिमा सत्यता, जवाफदेहिता, र सुधारको प्रतिबद्धता देखाउने प्रयास गरेको छ।पुराना दलहरूसँग गाभिनुको साटो स्वतन्त्र पहिचान कायम राख्ने प्रयास,भ्रष्टाचारविरुद्ध बोल्ने र आफ्नै पार्टीभित्र छानबिन गर्ने साहस देखाउने नीती,जनअपेक्षाअनुसार समाज सुधारका एजेन्डा उठाउने प्रयास गरेको छ।
रास्वपा भविष्यको शक्ति बन्ने कि इतिहासको कथा?सारा देशबासि यो प्रस्नमा गम्भिर भएर एकपटक सोच्न थालेका छन्|
रास्वपा अहिले चुनौती र अवसरको दोबाटोमा छ। यदि पार्टीले आन्तरिक एकता कायम राख्दै भ्रष्टाचारविरुद्धको अडानलाई अझ बलियो बनायो भने यो साँचो अर्थमा नेपालका जनताको राजनीतिक विकल्प बन्न सक्छ। तर, पुराना दलहरूको निरन्तर प्रहार, सत्ता गठबन्धनको चलखेल, र व्यवस्थापनमा कमजोरी देखिएमा रास्वपा पनि अन्य दलहरूजस्तै राजनीतिक असफलताको सिकार बन्न सक्छ।अब हेर्न बाँकी छ— रास्वपा जनअपेक्षाको केन्द्र बन्दै देशमा राजनीतिक परिवर्तन ल्याउनेछ, कि परम्परागत शक्ति केन्द्रहरूले त्यसलाई विघटनको दिशामा लैजानेछन्?
latest video
news via inbox
Nulla turp dis cursus. Integer liberos euismod pretium faucibua