पूर्वराजाको अभिव्यक्तिले देशभर बहस छेड्यो: गणतन्त्र र राजतन्त्रका पक्षमा नयाँ बहस सुरु

Last Updated: February 26, 2025By

काभ्रे/नेपालको प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको सार्वजनिक सन्देशले एकपटक फेरि देशको राजनीतिक परिप्रेक्ष्यमा तीव्र प्रतिक्रिया र बहस निम्त्याएको छ। शाहले जनसमर्थनको आह्वान गर्दै वर्तमान गणतन्त्रको आलोचना गरेका थिए, जसलाई विभिन्न दलका नेताहरूले फरक-फरक तरिकाले लिएका छन् ।पूर्वराजाको अभिव्यक्तिलाई लिएर सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले कडा आलोचना गरे भने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादी केन्द्रका केही नेताहरूले यसलाई आफ्नो पक्षमा राख्ने प्रयास गरे। सांसद इश्वरी न्यौपानेले शाहको अभिव्यक्तिलाई समाजलाई अराजकतातिर धकेल्ने प्रयास भनेर आलोचना गरिन् भने, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भने, “हामीले जनमुक्ति सेना बनाएका थियौं, हाम्रो कित्ता क्लियर छ।”

पूर्वराजाको सन्देशले माओवादी केन्द्रलाई मौनता तोड्न बाध्य पारेको छ|पूर्वराजाको अभिव्यक्तिलाई सन्दर्भ गर्दै एमालेका सांसद गोकुल बाँस्कोटाले माओवादी केन्द्रलाई प्रश्न गरे, “के माओवादी अब गणतन्त्रको विकल्प खोज्न लागेको हो?” यसले माओवादी सांसद पौडेललाई जवाफ दिन बाध्य बनायो, जसले प्रकट गरेका विचारले माओवादीको सुस्पष्ट पक्ष पक्का पार्यो।
त्यसै गरि राप्रपाका सांसद शाहीको चुनौती र राजनीतिमा जनमत सङ्ग्रहको आह्वान गरेका थिए|राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पूर्वराजाको पक्षमा उभिएर दलहरूलाई जनमत सङ्ग्रह गर्न चुनौती दिए। शाहीले भने, “जनताको निर्णय मानौं, राजतन्त्रको बारेमा कुरा नगरौं, जनताले आफैं निर्णय गर्न दिनुहोस्।”

नेपाली कांग्रेस र एमालेका नेताहरूले पूर्वराजाको अभिव्यक्तिलाई संविधान र लोकतान्त्रिक मूल्यविपरीत ठानेर आलोचना गरे भने, वामदेव गौतमले लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने सुझाव दिएका छन्। गौतमले भने, “राजा बन्ने सपना त्यागेर राजनीतिक दल खोल्नुस् र चुनावमा भाग लिनुस्।”पूर्वराजाको सन्देशले देशका विभिन्न राजनीतिक दलहरू र जनतामा गहिरो प्रभाव पारेको छ। यसको असर केवल संसदमा मात्रै सीमित छैन, यो नेपालको गणतन्त्र र राजतन्त्रका बारेमा थप बहस र विचारहरूको जनचेतना सिर्जना गर्दैछ।यस बहसले राजनीतिक स्थिरता र आगामी चुनावहरूको दिशा निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने सम्भावना छ। नेपालको भविष्यमा गणतन्त्रको उन्नति र राजतन्त्रको पुनरागमनका बीचको सङ्घर्षले राजनीतिक परिप्रेक्ष्यलाई चुनौती दिने स्पष्ट संकेत दिएको छ।

latest video

news via inbox

Nulla turp dis cursus. Integer liberos  euismod pretium faucibua

Leave A Comment