क्रसर उद्योगको विनाशकारी प्रभाव: वातावरण र मानव जीवनमा प्रतिकूल असर
क्रसर उद्योगले वातावरण र मानव जीवनमा गहिरो प्रतिकूल असर पारेको छ। क्रसर उद्योगबाट निस्कने धुलोका कणले वायुमण्डल प्रदूषित गरेको छ, जसले गर्दा श्वासप्रश्वास सम्बन्धी समस्या, दम, र एलर्जी जस्ता रोगहरू बढेका छन्। स्थानीय बासिन्दा, विशेष गरी बालबालिका र वृद्धहरू, यसबाट बढी प्रभावित भएका छन्।क्रसर उद्योगबाट उत्पादन हुने धुलोका सूक्ष्मकणहरू हावामा मिसिन्छन्, जसले गर्दा स्थानीय बासिन्दा निरन्तर वायुप्रदूषणमा बाँच्न बाध्य छन्। यी धुलोका कणहरू श्वासप्रश्वास प्रणालीमा प्रवेश गर्दा दम, खोकी, फोक्सोमा संक्रमण, र दीर्घकालीन श्वासप्रश्वास समस्या निम्त्याएको छ।काभ्रे जिल्लाका स्थानीय बासिन्दाले हावामा उडेको धुलोका कारण आँखा पोल्ने, घाटी खुजली हुने, र दमको समस्या बढेको छ।
विशेष गरि पनौती नगरपालिका,रोसि गाँउपालिका, बेथानचोक गाँउपालिका र भुम्लु गाउँपालिकामा रहेका जनताका स्वास्थ्यमा गम्भीर असर पारेको छ।क्रसर उद्योग खोलानाला नजिकै सञ्चालन हुने हुँदा फोहोर, ढुंगा धुलो, र रसायनयुक्त पदार्थले पानीका स्रोतहरूलाई प्रदूषित गरेको छन्। यो प्रदूषणले खानेपानी अभाव मात्र होइन, सिँचाइ प्रणालीलाई पनि असर पुर्याएको छ। माटोमा परेको धुलोले जमिनको उर्वराशक्ति घटाउँछ, जसका कारण कृषकहरूको उत्पादनमा गिरावट आएको छ।क्रसर उद्योगका कारण बन कटान र पहाड काटिने क्रम बढेको छ। यसले स्थानीय वातावरणीय सन्तुलनमा प्रतिकूल असर पारेको छ। वन्यजन्तुहरूको बासस्थान नष्ट हुनेगरेको छ, जसले जैविक विविधता खतरामा पारेको छ। विशेष गरी पनौती क्षेत्रमा पनि क्रसरका कारण हरियाली बनजङ्गल नष्ट भई माटो कटान बढेको छ।स्थानीय समुदायलाई क्रसर उद्योगले प्रत्यक्ष रूपमा असर गरिरहेको छ। खेतीयोग्य जमिन नष्ट हुनु, ध्वनि प्रदूषणले मानसिक स्वास्थ्यमा असर गर्नु, र सडकहरू धुलाम्मे हुनु जस्ता समस्याहरू स्थानीयबासीले भोग्दै आएका छन्। कतिपय क्षेत्रमा क्रसर उद्योगले स्थानीय जनताको सहमति बिना नै सञ्चालन भइरहेको छ, जसले सामाजिक तनाव बढाइरहेको छ।
नेपालमा क्रसर उद्योग सञ्चालनका लागि निश्चित मापदण्ड छन्। तर, स्थानीय प्रशासन र सरोकारवाला निकायहरूको कमजोरीका कारण धेरै क्रसरहरू अवैध रूपमा सञ्चालन भइरहेका छन्। पनौती नगरपालिकामा स्थानीय नागरिकहरूले सामाजिक सञ्जालमा फोटो र भिडियो साझा गरी प्रशासनलाई जवाफदेही बनाउन खोजेका छन्, तर सम्बन्धित निकायले खासै पहल गरेको देखिँदैन।उद्योगले पानी प्रदूषित वनाएको छ, जसले खानेपानीको अभाव निम्त्याएको छ। कृषि उत्पादनमा समेत ह्रास ल्याएको छ।स्थानीय समुदायको जीवनशैलीमा प्रतक्ष असर पारेको छ। खेतियोग्य जमिन नष्ट हुनुका साथै आवाज प्रदूषणले मानसिक तनाव निम्ताउने गरेको छ। धेरै ठाउँमा क्रसर उद्योग स्थानीय प्रशासनको बेवास्ताका कारण अवैध रूपमा सञ्चालन भइरहेको छ, जसले कानुनी शासनमा चुनौती खडा गरेको छ।
स्थानीय नागरिकहरूले सामाजिक सञ्जालमा तस्वीर र भिडियो साझा गरेर सचेतना फैलाइरहेका छन् ।बारम्बार खानीका बिषयमा स्थानीय सरकारलाई पीडितहरुले लिखित रुपमा अनुरोध समेत गरेका थिए।दिगो समाधान दिन नसक्नु स्थानीय सरकारको कमजोरी हो। पीडित जनताले प्रशासनलाई जवाफदेही बनाउन खोजेका छन्, तर सम्बन्धित निकायले खासै पहल गरेको देखिँदैन।सरकारले क्रसर उद्योग सञ्चालनका लागि कडा नियम बनाउनुका साथै तिनको कडाइका साथ पालना गराउने व्यवस्था गर्नुपर्छ। अवैध रूपमा सञ्चालनमा रहेका क्रसरहरूलाई तुरुन्तै बन्द गर्नुका साथै दोषीलाई कारबाही गर्न आवश्यक छ।
क्रसर उद्योगमा वातावरणमैत्री प्रविधि अनिवार्य बनाउनुपर्छ। धुलो नियन्त्रणका लागि वाटर स्प्रे प्रणाली, फिल्टर, र ध्वनि नियन्त्रणका उपायहरू लागू गर्नुपर्छ। यसले वायु प्रदूषण घटाउन मद्दत गर्छ।प्रत्येक क्रसर उद्योग सञ्चालन गर्नु अघि वातावरणीय प्रभाव मूल्यांकन (EIA) लाई अनिवार्य र पारदर्शी बनाउनुपर्छ। बिना स्वीकृति सञ्चालन भइरहेका उद्योगलाई रोक लगाउनुपर्छ।
क्रसर उद्योग सञ्चालन गर्दा स्थानीय समुदायसँग छलफल र सहमति लिनुपर्छ। स्थानीय जनताको स्वास्थ्य, कृषि, र वातावरणलाई प्राथमिकतामा राखेर निर्णय लिनुपर्ने आवश्यकता छ।क्रसर उद्योगले नष्ट गरेको वनक्षेत्र पुनः हराभरा बनाउन वृक्षारोपण कार्यक्रम सञ्चालन गर्नुपर्छ। वन नष्ट भएका क्षेत्रमा स्थानीय निकायले पुनः वनस्पति पुनर्स्थापना गर्न पहल गर्नुपर्छ।
स्थानीय नागरिकले सामाजिक सञ्जालमा उठाएका विषयलाई सम्बोधन गर्दै सरकारले अनुगमन टोली परिचालन गर्नुपर्छ। साथै, वातावरणीय सचेतना अभियान सञ्चालन गरेर नागरिकलाई जानकारी दिनुपर्छ।
latest video
news via inbox
Nulla turp dis cursus. Integer liberos euismod pretium faucibua