ज्ञानेन्द्रको शुभकामनाले राजनीतिक बहस ततायो!
काभ्रे। वैशाख १-
पूर्वराजा ज्ञानेन्द्र शाहले हालै राजधानीको तीनकुनेमा भएको दुःखद घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै नयाँ वर्ष २०८२ को शुभकामना सन्देश सार्वजनिक गर्नुभएको छ। राष्ट्रको वर्तमान अवस्थालाई लिएर चिन्तित देखिएका शाहले जनताको आवाजप्रति संवेदनशील रहनु आवश्यक रहेको सन्देश दिनुभएको छ।शाहको उक्त सन्देशलाई नेपाली राजनीतिक वृत्तले विशेष गम्भीरताका साथ हेरिरहेको छ। उहाँले उल्लेख गर्नुभएको “२०८२ मा जनताको चाहना पूरा होस्” भन्ने अभिव्यक्तिले नेपाली राजनीतिमा तरङ्ग ल्याएको छ। जनस्तरमा बढ्दो असन्तोष, राजनीतिक दलप्रतिको अविश्वास र भ्रष्टाचारको आरोपको पृष्ठभूमिमा आएको यो सन्देशले वैकल्पिक व्यवस्थाप्रतिको चासो थप बलियो बनाएको विश्लेषकहरूको बुझाइ छ।
शाहले राष्ट्रिय स्वाभिमान, स्थायित्व र जनताको आत्मसम्मानलाई सर्वोपरि राख्दै नेपालको स्वतन्त्रता र पहिचान जोगाउने आवश्यकता औँल्याउनु भएको छ। उहाँको यो सन्देशले पछिल्लो समय पुनः राजतन्त्रको पक्षमा उभिइरहेका नागरिकहरूलाई थप हौसला दिएको देखिन्छ। विशेषगरी युवाहरूको उल्लेख्य हिस्साले सामाजिक सञ्जालमा “राजा आऊ देश बचाऊ” जस्ता नारा पुनः व्यापक बनाइरहेका छन्।
राजनीतिक विश्लेषक डा. रमेश पोखरेलका अनुसार, “राजा ज्ञानेन्द्रको यो अभिव्यक्ति भावनात्मक मात्रै होइन, यो एउटा गहिरो सन्देश हो— जुन जनमत बिस्तारै फेरिँदै गएको संकेत हो। यदि वर्तमान प्रणालीप्रतिको असन्तोष यस्तै रहिरह्यो भने, वैकल्पिक राजनीतिक मोडेलका रुपमा राजसंस्थाको पुनर्स्थापनाको बहस अझ चर्कनेछ।”
हालको संघीय व्यवस्था, राजनीतिक अस्थिरता, र जनतामा गहिरिँदो निराशाले राजसंस्थाप्रति आकर्षण बढ्दै गएको देखिएको छ। जनताको मत, भावना र राष्ट्रप्रेमको लहरले आगामी दिनहरूमा निर्णायक मोड लिन सक्ने सम्भावना विश्लेषकहरूले औँल्याएका छन्।राजा शाहको सन्देशलाई अहिलेको अस्थिर राजनीतिमा “शान्त र स्थायित्वको चाहना” का रुपमा बुझिएको छ। जनताको वास्तविक इच्छा र राष्ट्रको दीर्घकालीन हितका लागि अब गम्भीर राष्ट्रिय संवाद अपरिहार्य देखिन थालेको छ।
तीनकुने घटनाप्रति समवेदना प्रकट गर्नुहुंदै पूर्वराजा शाहले २०८२ साल जनताको चाहना र राष्ट्रहितलाई मूर्त रूप दिने वर्ष हुने विश्वास व्यक्त गर्नु भएको छ। उहाँको यो सन्देश केवल एक संवेदना मात्र होइन, राष्ट्रप्रेमीको गहिरो पीडा र जनभावनाप्रति सम्मान व्यक्त गर्ने अभिव्यक्ति हो।राजसंस्थाको दीर्घ अनुभव र राष्ट्रलाई स्थायित्वमा लैजाने सोच बोकेका शाहज्यूको यस सन्देशले वर्तमान परिस्थितिमा नयाँ चेतना र मार्गदर्शन दिने अपेक्षा गर्न सकिन्छ।
साँच्चै, जनताको आवाज र आत्मसम्मान सुरक्षित रहोस् — यही सन्देश दिन खोजिएको छ, गम्भीरतापूर्वक विचार गरिनु आवश्यक छ।समयले फेरि जनभावनाको मूल्य थाहा पाउने घडी आइसकेको छ।”राजनीति परिवर्तनशील हुन्छ, तर जनताको चाहना र आत्मसम्मानको मूल्य अटल रहन्छ। वर्तमान राजनीतिक व्यवस्था जनअपेक्षा अनुरूप नचलिरहेको स्पष्ट छ। यस्तो बेलामा राजसंस्थाले फेरि मुलुकको स्थायित्व र गौरवको प्रतिनिधित्व गर्नसक्ने संभावनालाई जनताले बहसमा ल्याउन थालेका छन्।पूर्वराजा शाहको पछिल्लो अभिव्यक्ति जनतासँग आत्मीयतापूर्वक जोडिएको सन्देश हो। यदि जनताको चाहना यही दिशामा बढ्दै जान्छ भने अब नेतृत्वले त्यसलाई सुन्ने साहस गर्नुपर्छ।
latest video
news via inbox
Nulla turp dis cursus. Integer liberos euismod pretium faucibua