निराधार आरोपमुक्त भए जिसस प्रमुख दीपक गौतम, विश्व युवा महोत्सव पूर्वनिर्धारित समयमै सञ्चालन हुने

Last Updated: March 27, 2025By

काभ्रे।काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतम हिरासतमुक्त भएका छन्। बैंकिङ कसूरसहित विभिन्न आर्थिक विवादमा तानिएका गौतमविरुद्ध दर्ता भएका ६ वटा मुद्दामा दुवै पक्षबीच सहमति कायम भएपछि उनी रिहा भएका हुन्।गौतमलाई निराधार आरोपहरूमा आधारहीन ढंगले विवादमा तानिएको देखिन्छ। उनले विगतमा स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरका महत्त्वपूर्ण कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएका छन्। यस्तै एक महोत्सव, बनेपामा आयोजित कृषि महोत्सव, भुक्तानी प्रक्रियासम्बन्धी केही प्राविधिक कारणले विवादमा तानिएको थियो। समितिका प्रमुखको हैसियतमा उनले व्यक्तिगत जिम्मेवारी लिँदै भुक्तानी सुनिश्चित गर्ने प्रयास गरेका थिए, जुन समर्पण र नेतृत्वको प्रत्यक्ष प्रमाण हो।

प्रहरीले गौतमलाई बैंकिङ कसूरसहित विभिन्न आर्थिक विषयमा पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो। प्रारम्भिक रूपमा प्रहरी पक्षले ७ दिनको म्याद मागे पनि, अदालतले कानुनी प्रक्रियालाई व्यवस्थित रूपमा अगाडि बढाउन मात्र २ दिनको म्याद दिएको थियो। यस अवधिमा, उनका वकिलहरूले लेनदेन सम्बन्धी विवाद पहिल्यै समाधान भइसकेको ठोस प्रमाण अदालतमा पेश गरेपछि न्यायालयले उनलाई आज हिरासतमुक्त गर्ने निर्णय गरेको हो।गौतमले विभिन्न महोत्सव तथा विकास परियोजनाहरू सञ्चालन गर्दा व्यक्तिगत स्रोतबाट आर्थिक व्यवस्थापन गर्दै आएका छन्। उनका अनुसार, कृषि महोत्सव, युथ फेस्टिभल लगायतका आयोजनाहरूमा झन्डै ५० लाख रुपैयाँ ऋण संकलन भएको थियो, जुन क्रमशः भुक्तानी हुँदै गएको छ। यो तथ्यले उनीमाथि लागेको बैंकिङ कसूरको आरोप निराधार रहेको पुष्टि गर्छ।

विश्व युवा महोत्सव पूर्वनिर्धारित समयमै सञ्चालन हुने

गौतमको हिरासतमुक्तिसँगै, काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले विश्व युवा महोत्सव–२०२५ तोकिएको समयमै सञ्चालन हुनेस्पष्ट पारेको छ। यस महोत्सवले जिल्लाको मात्र नभई नेपालकै प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नेछ।मुख्य आयोजक गौतमका अनुसार, उद्घाटन कार्यक्रम आजै काठमाडौं विश्वविद्यालय (केयू) मा सम्पन्न हुनेछ। यस भव्य आयोजनामा ७५ देशका १० हजार प्रतिनिधि, ६०० भन्दा बढी अन्तर्राष्ट्रिय युवा, २ लाखभन्दा बढी नेपाली युवा तथा २०० भन्दा बढी वक्ताहरूको सहभागिता रहनेछ।पूर्वनिर्धारित कुनै पनि कार्यक्रम स्थगित नहुने र महोत्सवलाई भव्य रूपमा सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको गौतमले उल्लेख गरेका छन्।

गौतममाथि लगाइएका आरोपहरू निराधार र भ्रामक रहेको न्यायिक प्रक्रियाले पुष्टि गरिसकेको छ। स्थानीय विकास र युवामैत्री नीतिहरूलाई सशक्त रूपमा अघि बढाउँदै आएका गौतममाथि भएका यस्ता घटनाहरूले समाजमा भ्रम सिर्जना गर्न सक्ने भएकाले, यस्ता विषयलाई गम्भीरतापूर्वक विश्लेषण गर्न आवश्यक छ।अब विश्व युवा महोत्सव पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुँदैछ। यस महोत्सवले नेपाललाई अन्तर्राष्ट्रिय युवा हबको रूपमा उभ्याउनेछ। प्रमुख गौतमले राष्ट्रिय प्रतिष्ठा जोडिएको यस ऐतिहासिक अवसरलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला पक्षहरूलाई सहयोगको अपिल गरेका छन्।

latest video

news via inbox

Nulla turp dis cursus. Integer liberos  euismod pretium faucibua

Leave A Comment

you might also like