प्रेस चौतारीमा समाजवादीबाट फर्किएकाहरूलाई उच्च जिम्मेवारीको आश्वासन!
पोखरेलको प्रतिबद्धता : एक कार्यकालका लागि व्यवस्थापन…
काभ्रे । प्रेस चौतारी नेपालमा समाजवादी प्रेस संगठनबाट फर्किएका पत्रकारहरूको व्यवस्थापन कसरी गरिँदैछ भन्ने प्रश्न अहिले संगठनभित्र र बाहिर उठिरहेको छ। चैत १० देखि १२ गतेसम्म विराटनगरमा हुने १० औं महाधिवेशन लाई एकताको सन्देश दिने अवसरका रूपमा लिइएको छ, जसमा फर्किएका नेताहरुलाई उचित जिम्मेवारी दिने तयारी भइरहेको छ।
गत माघ पहिलो सातामा समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीसहित महासचिव रामकुमार एलन, कोषाध्यक्ष कृपा भण्डारी र प्रचार विभाग सदस्य बुद्धकुमार श्रेष्ठ (रोहित) लगायत देशभरबाट सयौं पत्रकारहरू पुनः चौतारीमा फर्किएका थिए। हालसम्म प्रदेश र जिल्ला तहमा सयभन्दा बढीलाई जिम्मेवारी दिइसकिएको छ, अब केन्द्रीय तहमा व्यवस्थापन गर्न बाँकी रहेको छ।महाधिवेशनका लागि फर्किएका २९ नेतालाई आयोजक कमिटी सदस्य बनाइएको छ। तीमध्ये केहीलाई केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र पार्टीका विभिन्न जिम्मेवारी दिइने बताइएको छ।
सुवेदीको अध्यक्ष दाबी कायमै
समाजवादी प्रेस संगठनमा अध्यक्ष रहेका सुवेदीले चौतारीमा फर्किए पनि कुनै पदको शर्त नराखिएको बताएका थिए। तथापि, उनले अध्यक्षको जिम्मेवारी पाए सहर्ष स्वीकार गर्ने संकेत दिएका छन्। महासचिव एलनका अनुसार सुवेदी अध्यक्ष वा उपाध्यक्ष भए अन्य नेताहरू अन्य पदका लागि प्रतिस्पर्धा गर्न तयार हुनेछन्।यदि सुवेदी अध्यक्ष भएनन् भने महासचिव पदमा आफ्नो दाबी रहने एलनको भनाइ छ। अर्का दावेदार नरेन्द्र साउदले भने सुवेदी र एलनलाई समेट्नुपर्ने, अन्यथा आफू तयार रहने संकेत गरेका छन्।
पोखरेलको प्रतिबद्धता : एक कार्यकालका लागि व्यवस्थापन
एमाले महासचिव शंकर पोखरेलले फर्किएकाहरूलाई एक कार्यकालका लागि पार्टीले जिम्मेवारी दिने र त्यसपछि कामबाट प्रमाणित भएर आउनुपर्ने धारणा व्यक्त गरेका थिए।चौतारीबाट समाजवादी प्रेस संगठनमा लागेकामध्ये करिब ५० जना अझै फर्किन बाँकी रहेको बताइएको छ। तर, विगतमा चौतारीबाट कारबाहीमा परेका केही व्यक्तिहरू भने पुनः समेटिने सम्भावना नरहेको एलनले स्पष्ट पारेका छन्।महाधिवेशनको सेरोफेरोमा चौतारीको नयाँ नेतृत्वको टुंगो लाग्नेछ। समाजवादीबाट फर्किएकालाई कुन तहसम्म जिम्मेवारी दिइन्छ भन्ने प्रश्नले चौतारीभित्र नयाँ शक्ति सन्तुलन निर्माण गर्ने देखिन्छ।
latest video
news via inbox
Nulla turp dis cursus. Integer liberos euismod pretium faucibua