फोहोर राजनीति, भ्रामक प्रचार र जनधोका विरुद्धको जागरण: कोकिलदेखि अभियन्तासम्मको कडा प्रतिकार!
पनौती, बैशाख २१
–काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले सामाजिक सञ्जालमा कपोकल्पित, भ्रामक तथा अपमानजनक सामग्रीहरू पोस्ट गर्नेहरूप्रति कडा चेतावनी जारी गरेको छ। आइतबार (२१ गते) एक प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाले सामाजिक सञ्जालमा बढ्दो गालीगलौज, चरित्र हत्या र मानमर्दनजस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।नगर प्रमुखदेखि कर्मचारी, स्थानीय संघसंस्था र शिक्षण संस्थाहरूसम्मलाई लक्षित गरी तथ्यहीन तथा गलत सूचनाहरू फेसबुक पेज र अन्य सामाजिक माध्यममा प्रसारित भएको भन्दै नगरपालिका यस्ता क्रियाकलापप्रति गम्भीर बनेको हो।नगरपालिकाले सो प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ:
प्रेस विज्ञप्ति
यस नगरपालिकाका नगर प्रमुख, उप-प्रमुख, जनप्रतिनिधि, नगरपालिकामा कार्यरत कर्मचारीहरु, नगरभित्र रहेका सहकारी, शिक्षण संस्थालगायतका संघ संस्थालाई लक्षित गरी विगत केहि समय अघि देखि आम नागरिकहरुमा गलत ढंगले सूचना सम्प्रेषण गर्ने, फेसबुक, फेसबुक पेज लगायत सामाजिक संजालमा गाली गलौज र अपमानजनक ढंगले अमयांदित विवरणहरु प्रकाशित गर्ने, भिडियो कॉटछांट गरी पोष्ट गर्ने जस्ता कार्यहरु प्रति यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।
नगरपालिकाबाट भए गरेका कार्यहरु प्रति चित्त नबुझेमा विधि सम्वत ढंगले जानकारी तथा सूचना लिन सकिने कानूनी व्यवस्था हुदा हुदै व्यक्तिको चरित्र हत्या गर्ने मानमर्दन गर्ने र आम नागरिकमा अफवाह फैलाउने कार्य कदाचित शोभनीय हुँदैन र यस किसिमका कार्यहरु कानुनत दण्डनीय समेत हुने व्यहोरा सम्बन्धित सबैमा ध्यानाकर्षण गराउन चाहन्छु ।यस किसिमका गतिविधिहरु भइरहेमा नगरपालिका कानुनी कारवाही अघि बढाउन बाध्य हुने व्यहोरा समेत जानकारी गराउँदछु । यस किसिमका भडकाउ, अनर्गल एवं कपोकल्पित सूचना तथा प्रसारमा नलाग्न र सत्य तथ्य बुझेर मात्र आफ्नो धारणा बनाउन शेयर कमेण्ट लगायतका कार्यहरु गर्नु हुन आम नगरवासीहरुमा आव्हान गर्दछु ।
धन्यवाद !
नगरपालिकाले तथ्य नबुझी सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउने प्रवृत्तिले सामाजिक सद्भावमा असर पार्ने भएकाले यस्ता गलत अभ्यास नदोहोर्याउन सबैलाई सचेत गराएको छ। साथै, कुनै गुनासो वा असन्तुष्टि भएमा कानुनी बाटोबाट समाधान खोज्न आग्रहसमेत गरिएको छ।नगरपालिकाले यस विज्ञप्तिबाट स्पष्ट संकेत दिएको छ कि आगामी दिनमा यस्ता गैरजिम्मेवार क्रियाकलाप गर्नेलाई कानुनी दायराभित्र ल्याइनेछ।
फोहोर राजनीतिलाई जरादेखि उखेल्ने अठोटसहित काभ्रे राजनीतिमा नयाँ तरंग ल्याइरहेका सामाजिक अभियान्ता कोकिल थापाले सामाजिक सञ्जालमार्फत सशक्त सन्देश सार्वजनिक गरेका छन्। उनले आफूलाई बदनाम गर्न खोज्ने नेताहरूप्रति व्यंग्य गर्दै धन्यवादसमेत दिएका छन्।उनले लेखेका छन्: > “सबै नेताज्युहरुलाई नमस्ते !! Gokul Baskota, Madhu Acharya, Shiva Prasad Humagain, Tirtha Lama, Kanchan Chandra Bade, दिपक गौतमको सचिवालय, Surya Man Dong- Secretariat सबै लाई एकमुस्ट धन्यवाद !!किन धन्यवाद दिस भन्नू होला…मलाई प्रख्यात बनाउन सहयोग गर्नु भएकोमा । बिशेश धन्यवाद हजुरहरु को चेला चपेटाहरुलाई । Mr handsome ज्यु जिल्ला समन्वय समिति, काभ्रे ।
एउटा Certificate तुरुन्त बनाइ हाल्नु पर्यो, तेसमा लेखिन पर्यो — ‘We Politician / जि स स / 13 Municipalities of काभ्रे hereby Certify that Mr Kokil Thapa is the “Most Influential Person” of the Kavre from last Three Consecutive Years’ भनेर लेख्नु होला।Certificate नेपाली र English मा Printed होस्, कार्यक्रम पनौतीको सिरान चौरमा हुन पर्छ । कार्यक्रम भएन भने राम्रो हुने छैन । जे भए नि काभ्रे त हल्लियो नि १ जना ले गर्दा !
धेरै धेरै धन्यवाद काभ्रे – पनौतीका जनतालाई । म जुन सुकै परिस्थिति पनि झेल्न सक्छु, Tension छैन । म जनता/नगर को लागी जुन हद पार गर्न नि तयार छु, जुन हद सम्म पनि जान पुग्न सक्छु ।अर्को खुशीको कुरा — भोलिसम्म अरुनि भिडियो आउँछ भन्दै पनौतीका स्थानीय आवाजविहीनहरूका खरो र निडर अभियान्ता कोकिल थापाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
यस वक्तव्यले कोकिल थापालाई एक निडर र स्पष्टवक्ता अभियान्ताको रूपमा चित्रण गरेको छ, जसले राजनीतिक ढोंग र सिण्डिकेटविरुद्ध जनताको पक्षमा अडान लिएका छन्। उनले प्रमाणपत्रको मागमार्फत व्यवस्थामाथि गहिरो व्यंग्य प्रस्तुत गरेका छन्, जुन काभ्रेभित्रको विद्यमान राजनीतिक परिस्थितिको कडा आलोचना हो।उनको शैली, साहस, र कटाक्षपूर्ण भाषा हाल सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ। स्थानीय युवाहरू तथा जनताबाट मिलेको समर्थनले कोकिल थापालाई एक जनआन्दोलन शैलीको सामाजिक अभियन्ता बनाउँदै लगेको छ।
काभ्रेको पनौती नगरपालिकाका मेयरप्रति स्थानीय अभियन्ता र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको आक्रोश दिन प्रतिदिन तीव्र बन्दै गएको छ। सामाजिक सञ्जालमार्फत मेयरको कार्यशैली र अभिव्यक्तिप्रति कडा असन्तुष्टि जनाउँदै अभियन्ता सन्तोष सापकोटाले भनेका छन्,“तपाईंले फोन गरेर ‘जिताउन सहयोग गर्नुहोस्’ भन्नु भएको थियो, मेयरज्यू! तर आज त्यो सहयोगको मूल्य जनतालाई धोका दिएर तिर्न खोज्नु भएको छ।”
उनी थप लेख्छन्, “पारदर्शिता र जवाफदेहिताको ग्यारेन्टी गर्नु पर्ने पदमा बसेर तपाईंले ‘अब पनौतीमा कसैले गुनासो गर्न नपाउने’ भन्दै धम्क्याएको कुरा बिर्सनुभयो होला। तर जनताको आँखा खुलिसकेको छ। आज म मौन छु, किनभने तपाईंहरूले पनौतीका जनतालाई धोका दिनुभएको छ।”सापकोटाको भनाइमा स्थानीय निराशा मात्र होइन, चेतावनीको स्वर पनि झल्किन्छ।“पुर्व मेयरलाई जसरी जनताले भित्तामा टाँसे, तपाईंलाई अझ गहिरो भित्तामा पुर्याउने तयारी भइरहेको छ। काम नगरी नेतागिरी गर्नुहुन्छ भने अब जनताले तपाईंलाई चिया पसलमै खबरदारी गर्छन्।” – उनले लेखेका छन्।
त्यसैगरी, पनौतीको स्थानीय चर्चित फेसबुक पेज ‘पनौतीको सेरोफेरो’ मा पनि जनप्रतिनिधिको आलोचना चर्किएको छ।
पेजमा लेखिएको छ –“नेपाली जनजीवनमा झुन्डिरहने एउटा उखान छ – ‘काले काले मिलेर खाउ भाले’। अहिले पनौती नगरपालिकामा कांग्रेस र एमाले एकआपसमा प्रतिस्पर्धा होइन, जनताको गुनासो दबाउन सहकार्य गर्दैछन्।”पेजले नगर प्रमुख र उपप्रमुखबीच देखिएको तालमेललाई विडम्बनापूर्ण ढंगमा व्याख्या गर्दै लेखेको छ –“नगर प्रमुखको विज्ञप्ति इतिहासकै उदाहरणीय असफलता बन्नेछ। तर प्रचार गर्ने जिम्मा उपप्रमुखको लाइनले भरपुर बोकिरहेकै छ।”
अझै थप कटाक्ष गर्दै भनिएको छ –“पानी धमिलो भयो भनेर टुटी सफा गर्ने कि मुहान?”
जनताको आवाज दबाउने होइन, सुन्ने संस्कार विकसित गरौं
पनौतीका बौद्धिक वर्ग, स्थानीय अभियन्ता र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको साझा भनाइ एकै छ –
“काम गरेर देखाउनुस्, जनताले सल्युट गर्छन्। होइन भने मौनताभित्र उठिरहेको जनआक्रोश एक दिन चुनावको मतपेटिकामा विस्फोट हुनेछ।” भन्दै जिल्लाका अभियान्ताहरूले आक्रोशको आँधी ल्याइरहेका छन्।
latest video
news via inbox
Nulla turp dis cursus. Integer liberos euismod pretium faucibua