ढकाल उठे, रास्वपा जुटे! -ढकालको नेतृत्वमा काभ्रेमा रास्वपाको संगठन सशक्तीकरण

Last Updated: April 16, 2025By

धुलिखेल, चैत्र २९।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला समितिको आयोजनामा शुक्रबार धुलिखेल रिसोर्टको सभाहलमा एक विशेष संगठन सबलीकरण तथा जागरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता काभ्रे जिल्ला सभापति प्रविन कुमार ढकालले गर्नुभएको थियो भने केन्द्रदेखि प्रदेशस्तरसम्मका शीर्ष नेताहरूको प्रभावशाली उपस्थिति रहेको कार्यक्रम दिनभरि प्रशिक्षण, संवाद र सुदृढीकरणको साझा मञ्च बनेको थियो।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक महामन्त्री तथा संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य एवं कोषाध्यक्ष लिमा अधिकारी, संगठन विभाग सचिव शंकर श्रेष्ठ, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी, बागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने, अनुशासन आयोग कार्यवाहक प्रमुख रमाकान्त रिमाल, प्रदेश प्रशिक्षण विभागका डा. हरि कडेल लगायतका नेताहरूले संगठनात्मक प्रशिक्षणमा विशेष सहजीकरण गर्नुभएको थियो।

नेतृत्व विकास, राजनीतिक आचरण, अनुशासन, अभियान सञ्चालन, तथा संगठन निर्माण र व्यवस्थापन लगायतका विषयमा केन्द्रीकृत प्रशिक्षण दिइएको कार्यक्रम बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म संचालन भयो।कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला, क्षेत्रीय समितिका साथै काभ्रे क्षेत्र नं. १ र २ का पालिकाहरूबाट प्रतिनिधित्व गर्ने अधिकांश पदाधिकारी तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो।जागरण अभियानको प्रमुख सन्देश दिँदै सभापति प्रविन कुमार ढकालले भने—“पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोधको आधारमा हिरासतमा राखिएको अपमानलाई विचार र सत्कर्मद्वारा परास्त गर्न हामी कटिबद्ध छौं। हाम्रो संगठन विचार, अनुशासन र नेतृत्व विकासमा अडिएको छ।”

रास्वपा सभापति रवि लामिछानेमाथि अदालतले पुनः अनुसन्धानको आदेश दिएको सन्दर्भमा, एक सातामै यस्तो संगठनात्मक जागरण अभियान सञ्चालन गर्नु पार्टीको आन्तरिक ऊर्जा, एकता र परिवर्तनकारी विचारको परिचायक भएको ढकालको भनाइ थियो।

latest video

news via inbox

Nulla turp dis cursus. Integer liberos  euismod pretium faucibua

Leave A Comment