आइतबार, असोज २५, २०८३

काठमाडौंबाट २५ करोड रकमसहित दुई पक्राउ: अवैध वित्तीय कारोबारको संकेत!

Buddha Kumar Shrestha   मंगलबार, चैत ५, २०८१
काठमाडौंबाट २५ करोड रकमसहित दुई पक्राउ: अवैध वित्तीय कारोबारको संकेत!

काभ्रे। प्रहरीले काठमाडौंबाट करिब २५ करोड रुपैयाँबराबरको नगदसहित दुईजनालाई पक्राउ गरेको छ। विशेष सुराकीका आधारमा गरिएको अपरेशनमा प्रहरीले ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरो लगायत विभिन्न देशका मुद्रा बरामद गरेको हो।

प्रहरी स्रोतका अनुसार बरामद रकमको स्रोत नखुलेपछि सोधपुछका लागि ट्रक चालकसहित दुईजनालाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानमा यो घटनाले अवैध वित्तीय कारोबारको संकेत गर्ने सम्भावना रहेको प्रहरीको अनुमान छ। यस घटनाले संगठित वित्तीय अपराध तथा अवैध मुद्राप्रवाहबारे थप अनुसन्धानको आवश्यकता देखाएको छ।

विज्ञापन तपाईं हाम्रो यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: info@tapaihamro.com.np सम्पर्क गर्नुहोस्