सोमबार, मंसिर ७, २०८३
चर्चामा दशैं २०८३

रास्वपा सभापति ढकालको सर्वत्र चर्चा!

काभ्रेमा युरिया र डीएपी मल उपलब्ध, सभापति प्रवीणकुमार ढकालप्रति जनसमुदायको कृतज्ञता

Buddha Shrestha   बिहिबार, मंसिर ३, २०८३
raswapa
raswapa

काभ्रेमा रासायनिक मल उपलब्धतामा पहलकदमी, सभापति ढकालप्रति जनसमुदायको विशेष कृतज्ञता व्यक्त गरेका छन।काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहमा कृषकहरूका लागि थप युरिया र डीएपी मल उपलब्ध गराउन महत्त्वपूर्ण पहल तथा समन्वय गर्नुभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलाञ्चोकका जिल्ला सभापति प्रवीणकुमार ढकालप्रति जिल्लावासी, पार्टी समर्थक र आम नेपाली जनसमुदायले विशेष कृतज्ञता व्यक्त गरेका छन्।

खेतीपातीको समयमा मलको अभाव हुन नदिन सभापति ढकालले कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरी तथा सम्बन्धित निकायहरूसँग निरन्तर सहजीकरण गर्नुभएको थियो। किसानको प्रत्यक्ष समस्या समाधान गर्न उहाँले देखाउनुभएको सक्रियता, जिम्मेवारीबोध र जनउत्तरदायी भूमिकाको सर्वत्र प्रशंसा भएको छ।

मलको सहज आपूर्तिले स्थानीय कृषकहरूलाई ठूलो राहत मिलेको भन्दै काभ्रेका आम नागरिक र समर्थकहरूले सभापति ढकाललाई विशेष धन्यवाद ज्ञापन गरेका हुन्।

विज्ञापन तपाईं हाम्रो यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: info@tapaihamro.com.np सम्पर्क गर्नुहोस्