सोमबार, मंसिर ७, २०८३
चर्चामा दशैं २०८३

राजनीतिक मालाले जनताको पीडा छोपिँदैन-अभियन्ता कोकिल

पनौतीका २०० र काभ्रेभरिका २,७८२ भन्दा बढी घरपरिवारले भोगेका झुटा मुद्दा

Buddha Shrestha   आइतबार, कात्तिक २२, २०८३
राजनीतिक मालाले जनताको पीडा छोपिँदैन-अभियन्ता कोकिल

पनौती, काभ्रे -

सामाजिक सञ्जालमा राजनीतिक दल र नेताहरूको कार्यशैलीलाई लिएर खरो रूपमा प्रस्तुत हुँदै आएका सामाजिक अभियन्ता कोकिल थापाले कांग्रेस र एमाले नेतृत्वलाई कडा चेतावनी दिएका छन्। नेताहरूलाई बधाई तथा माला लगाइएकोप्रति लक्षित गर्दै उनले जनताले भोगेका पीडा, झुटा मुद्दा र राजनीतिक दमनका घटनाहरू कहिल्यै नबिर्सिने चेतावनी दिएका छन्।अभियन्ता थापाले आफ्नो फेसबुकमार्फत नेताहरूलाई केवल माला लगाउँदैमा विगतमा जनताले खेप्नुपरेको अन्याय र त्रासको हिसाबकिताब मेटिन नसक्ने स्पष्ट पारेका छन्।

पीडितहरूको हिसाबकिताब: पनौतीका २०० र काभ्रेभरिका २,७८२ भन्दा बढी घरपरिवारले भोगेका झुटा मुद्दा, धम्की र विस्थापित हुनुपरेको पीडा अझै ताजै रहेको उनको भनाइ छ।चुनावी गणित र जनमत: केबल माला लगाउने भिड जम्मा हुँदैमा भोट नआउने र जनताको मन जित्नुपर्ने उल्लेख गर्दै, ती पीडित परिवार र तिनका आफन्तहरूको मात्रै ३ हजारभन्दा बढी मत राजनीतिक अहंकार तोड्न पर्याप्त हुने चेतावनी दिइएको छ।शीर्ष नेताहरूप्रति प्रश्न: कांग्रेस र एमालेका स्थानीय तथा केन्द्रीय नेतृत्वहरू मधु आचार्य, तीर्थ लामा, गणेश लामा र महेश खरेलजस्ता नेताहरूलाई सचेत गराउँदै झुटा मुद्दा खारेज गर्न र जनताको पक्षमा बोल्न आग्रह गरिएको छ।

न्यायको माग गर्दै यदि माग पूरा नभएमा बागमती प्रदेशको जस्तै स्थिति काभ्रेमा पनि सिर्जना गर्न पछि नपर्ने र यसलाई ठाडो धम्कीकै रूपमा लिनसक्ने चेतावनी अभियन्ता थापाले दिएका छन्।तपाईंहरूका झोलेभन्दा बढी हाम्रो साथमा जनता छन्, भगवान छन्। हाम्रो दिमाग सन्क्यो भने ठेगानामा हामी नै आइपुग्छौ -भनेन नभन्नू!राजनीतिक नेतृत्वले जनताको वास्तविक पीडा सुन्न छोडेर कार्यकर्तामुखी मात्रै बनेको आरोप लगाउँदै अभियन्ता थापाको यो अभिव्यक्तिले अहिले काभ्रेको राजनीतिक वृत्तमा ठूलो हलचल ल्याएको छ।

विज्ञापन तपाईं हाम्रो यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: info@tapaihamro.com.np सम्पर्क गर्नुहोस्