रास्वपा योद्धा सुनारमाथि सुनियोजित षड्यन्त्र!

रास्वपा योद्धा सुनारमाथि सुनियोजित षड्यन्त्र!
काभ्रे-
नेपाली राजनीतिमा स्थापित पुराना दलहरूको दशकौँ लामो सिन्डिकेट, नीतिगत भ्रष्टाचार र लुटतन्त्रविरुद्ध संसद देखि सडकतिर बलियो गरी खरो उत्रिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा सांसद तथा ऊर्जावान् नेता खगेन्द्र सुनारमाथि हालै चालिएको राजनीतिक चालबाजी अहिले चर्चाको शिखरमा छ। सदनमा भ्रष्टाचारका फाइल पल्टाउँदै शक्तिशाली नेता, प्रशासक र सुरक्षा निकायका त्रुटिहरूमाथि कडा प्रश्न गर्ने एक सशक्त योद्धालाई ठेगान लगाउन सुनियोजित रूपमा एउटा ‘विवादित अडियो काण्ड’ को जाल फ्याँकिएको छ।
तर, सत्य र निष्ठाको मार्गमा हिँड्ने जुझारू नेतालाई यस्ता निकृष्ट षड्यन्त्रले छुनसमेत सक्दैन। पार्टीभित्र र बाहिरबाट उनलाई कमजोर बनाउने दुश्चक्र बुनिए पनि सांसद सुनारले अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाउँदै उक्त अडियो पूर्ण रूपमा कृत्रिम (एआई प्रविधिद्वारा निर्मित) र कपोलकल्पित भएको स्पष्ट पारिसकेका छन्। यो घटना केवल एउटा व्यक्तिगत अडियोको विवाद मात्र होइन, यो त पुराना दलहरूको भ्रष्टाचार र बेथिति विरुद्ध बोल्ने एक निडर आवाजलाई दबाउने ‘डिप स्टेट’ को कुत्सित प्रयास हो।
गत केही दिनयता एक महिलासँगको जोडेर भाइरल बनाइएको विवादास्पद संवादको अडियोलाई आधार बनाएर सांसद खगेन्द्र सुनारमाथि चौतर्फी प्रहार भइरहेको छ। संसद्को रोस्ट्रमबाट होस् वा सडकका सार्वजनिक मञ्चहरूबाट, देशका जरा गाडेका काण्डहरूमाथि सिधा क्यामरा अगाडि उभिएर पुराना दलका शीर्ष नेताहरूलाई ठाडै चुनौती दिने सुनारको खरो स्वभाव पुराना शासकहरूका लागि ठुलो टाउको दुखाइको विषय बनेको थियो।सुरक्षा निकायभित्रका केही विकृति र भ्रष्टाचारका मुद्दाहरूलाई चर्को रूपमा उठाइरहेका कारण उनीविरुद्ध सुनियोजित रूपमा यस्तो प्रहार गरिएको जिकिर स्वयं सांसद सुनारले गरेका छन्। राजनीतिमा वैचारिक रूपले पराजित गर्न नसकेपछि चरित्र हत्या गर्ने, अडियो र भिडियो सम्पादित गरेर बजारमा ल्याउने र पार्टीभित्र तथा जनमानसमा भ्रम छर्ने पुरानो सामन्ती राजनीतिक संस्कृति फेरि एकपटक उदाङ्गो भएको छ।
रास्वपाको अनुशासन आयोगका उपप्रमुख एवं छानबिन समितिका संयोजक अधिवक्ता हरिचन्द्र भट्टराईका अनुसार सांसद सुनारले यसअघि सामाजिक सञ्जालमार्फत राखेका स्पष्टीकरणहरुकै आधारमा लिखित इन्कारी पत्र पेस गरेका छन्। सुनारको अडिग अडान र प्रस्टीकरणले यो प्रहार पूर्ण रूपमा निराधार र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको प्रस्ट्याउँछ।सांसद सुनारले आरोप सीधै अस्वीकार गरेपछि र पीडित भनिएकी महिलाको भनाइ बाझिएपछि अब सत्यतथ्य बाहिर ल्याउने जिम्मा ‘स्वतन्त्र प्राविधिक प्रमाण’ को काँधमा आएको छ।
रास्वपाको आन्तरिक छानबिन समितिले यस विषयमा गम्भीरतापूर्वक छानबिन तीव्र पारेको छ। समितिले उक्त सामग्री सार्वजनिक गर्ने ‘जनआस्था’ पत्रिकाबाट सम्पादन हुनु अघिको मूल अडियो मागेको छ भने, पीडित भनिएकी महिलाले दिएको अन्तर्वार्ताको अडियो प्राप्तिका लागि ‘न्युज २४’ लाई पनि पत्राचार गरेको छ। प्रविधिले सत्य र झूटलाई धेरै समय लुकाउन सक्दैन। आजको डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) र डिपफेक (Deepfake) प्रविधिमार्फत कसैको पनि चरित्र हत्या गर्न सकिने खतरा छ। त्यसैले, प्राविधिक परीक्षणको रिपोर्ट आएपछि यो षड्यन्त्रका पर्दाफास हुने निश्चित छ।रास्वपाले यस विषयलाई गम्भीरतापूर्वक लिँदै आन्तरिक छानबिनका लागि अनुशासन आयोगलाई निर्देशन दिएको छ र छानबिनको अन्तिम निष्कर्ष नआएसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन कडा निर्देशन दिएको छ। पार्टीभित्रको यो पारदर्शी र निष्पक्ष प्रक्रियाले रास्वपाको वैचारिक स्पष्टता र अनुशासनप्रतिको प्रतिबद्धतालाई अझ बलियो बनाएको छ।
खगेन्द्र सुनार रास्वपाका जुझारू योद्धा र परिवर्तनका खम्बा हुन।नेपाली राजनीतिमा पुराना नेताहरूले दशकौँसम्म जनताको भावनामा खेलबाड गरे। युवाहरूलाई देशको भविष्य भन्दै विदेश धकेले र आफूहरू सत्ताको रजगजमा रमाइरहे। यही परिदृश्यमा राजनीतिमा उदाएका खगेन्द्र सुनार ती थोरै नेताहरूमध्ये पर्छन्, जसले कुनै पनि कुरामा सम्झौता नगरी सीधै सत्य बोल्ने आँट राख्छन्।क्यामरादेखि संसद् भवनसम्म धाकधक पार्ने क्षमता राख्ने दरिलो खम्बा हुन सुनार ।चाहे टेलिभिजनका स्टुडियोहरूमा हुन् वा सडकका खुला मञ्चहरूमा, पुराना दलका नेताहरूलाई तथ्य र प्रमाणसहित गति छाड्न बाध्य पार्ने सुनारको शैली जनतामाझ अत्यधिक लोकप्रिय छ। उनी कसैका कृपापात्र होइनन्, जनताको मत र विश्वासबाट उदाएका हुन्।
सुरक्षा निकाय र राज्य संयन्त्रको बेथितिमाथि कडा प्रहार गरेको यो नै एेतिहासिक रेकर्ड मान्न सकिन्छ।देशको सुरक्षा निकाय वा प्रशासनिक क्षेत्रभित्र हुने अनियमितताका फाइलहरू खोल्न साहस गर्ने थोरै युवा नेताहरूमा उनी अग्रपङ्क्तिमा आउँछन्। यही कारणले गर्दा भ्रष्टतन्त्रका नाइकेहरू उनको तीव्र विरोधमा उत्रिएका हुन्।षड्यन्त्रका खरानिहरू उडेर जानेछन्, रास्वपाको यो आँधी रोकिने छैन!इतिहास साक्षी छ– जसले देश र जनताको पक्षमा ठुलो परिवर्तनको बीजारोपण गर्छ, उसैमाथि सबैभन्दा बढी प्रहार हुन्छ। रास्वपाका यी होनहार पिल्लरलाई कमजोर बनाउन र जनताको नजरमा गिराउन रचिएको यो षड्यन्त्रको जालो धेरै टिक्ने छैन।
राजनीतिमा फोहरी खेल खेल्नेहरूले बुझ्न जरुरी छ कि सुनार एक्लो व्यक्ति होइनन्, उनी परिवर्तनका निम्ति छटपटाइरहेका करोडौँ युवाहरूको धड्कन हुन्। जबसम्म सत्यको पक्षमा जनताको बलियो साथ हुन्छ, तबसम्म यस्ता कुत्सित षड्यन्त्र र कुप्रचारहरू आफैँ खरानी भएर उडेर जानेछन्।सांसद सुनारमाथिको यो प्रहारले उनलाई कमजोर होइन, अझ बढी परिपक्व, बलियो र परिष्कृत भएर फर्िनका लागि ऊर्जा दिनेछ। रास्वपाको यो उदीयमान आँधीलाई कुनै पनि प्रतिक्रियावादी शक्तिले रोक्न सक्नेछैन; सत्यको जीत निश्चित छ!

