आइतबार, असोज २५, २०८३

रास्वपाले दशैँ-तिहारको अवसरमा इन्द्रेश्वर परिसर चम्काउदै!

Buddha Shrestha   बुधबार, असोज २१, २०८३
रास्वपाले दशैँ-तिहारको अवसरमा इन्द्रेश्वर परिसर चम्काउदै!

पनौती, काभ्रे- नेपालीहरूको महान् चाड दशैँ, तिहार तथा छठको पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनौती नगर समितिको सहकार्यमा वडा नं. ७ परिवारले एक विशेष शुभकामना आदानप्रदान तथा बृहत् सरसफाइ कार्यक्रमको आयोजना गर्ने भएको छ।  ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पर्यटकीय स्थल इन्द्रेश्वर मन्दिर परिसरलाई स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यका साथ यो कार्यक्रम तय गरिएको हो। आगामी २०८३ असोज २४ गते शनिबार बिहान ७:३० बजे मन्दिर परिसरमा सरसफाइ अभियान सञ्चालन गरिने रास्वपाले जनाएको छ। 
चाडपर्वको बेला मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्ने भएकाले वातावरण स्वच्छ राख्न र सामाजिक सद्भाव अभिवृद्धि गर्न यो पहल गरिएको हो। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, स्थानीयवासी तथा समाजसेवियोंको बाक्लो उपस्थिति रहनेछ।
शुभकामना आदानप्रदानसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र सम्पदाको संरक्षणमा युवाहरूलाई जोड्ने लक्ष्य राखिएको छ। आयोजकले पनौतीका सम्पूर्ण नगरवासीहरूलाई उपस्थित भई यस सरसफाइ अभियानलाई सफल बनाउन हार्दिक हार्दिक निमन्त्रणा तथा आह्वान गरेको छ।

विज्ञापन तपाईं हाम्रो यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: info@tapaihamro.com.np सम्पर्क गर्नुहोस्