आइतबार, असोज २५, २०८३

विद्युतीय माइक्रोबस सेवा : यातायातको भविष्य कि अल्पकालीन प्रयोग?

Buddha Kumar Shrestha   बुधबार, फागुन १४, २०८१
विद्युतीय माइक्रोबस सेवा : यातायातको भविष्य कि अल्पकालीन प्रयोग?

काभ्रे । विद्युतीय यातायातको प्रवर्द्धन गर्दै काभ्रे पुण्यवती यातायात प्रालिले आइतवारदेखि पनौती–काठमाडौं रुटमा इभी (विद्युतीय) माइक्रोबस सेवा सुरु गरेको छ। कम्पनीले खोपासी र शंखुबाट पनौती हुँदै कोटेश्वर-तिनकुनेसम्म सञ्चालन हुने गरी सेवा विस्तार गरेको हो। हरित यातायातको अभियानस्वरूप सुरु गरिएको यो सेवाले यात्रुहरूलाई छिटो, सहज, र वातावरणमैत्री यात्रा दिने लक्ष्य लिएको छ।

तर, विद्युतीय यातायातलाई व्यावसायिक रूपमा दीर्घकालीन रूपमा टिकाइराख्न सम्भव छ वा छैन? हाल देखिएका समस्या, यात्रु गुनासा, र यसका सम्भावनाबारे गहिरो समीक्षा गर्न आवश्यक देखिन्छ। काभ्रे यातायातको विद्युतीय यात्रातर्फ पहिलो कदम हो| काभ्रे पुण्यवती यातायात प्रालिको सुरुवात २०३४ सालमा काभ्रे मिनिबस सेवा समितिका रूपमा भएको थियो। प्रारम्भमा डिजेल-चालित बस तथा मिनिबसको सञ्चालन हुँदै आएको भए पनि, यात्रु संख्याको चाप, इन्धनको मूल्य वृद्धिले गर्दा व्यवसायिक रूपमा नयाँ वैकल्पिक मोडेल खोज्नुपरेको थियो। २०७६ सालमा कम्पनी पुनःसंरचना भई, पहिलो पटक काभ्रेपलाञ्चोक जिल्लामा विद्युतीय माइक्रो सञ्चालन गर्ने कम्पनी बन्न सफल भयो।

नयाँ यातायातको बिशेषता जन समुदायमा खासै देखिदैन तर वातावरण पक्षमा भने अत्यन्तै उपयोगी र वातावरणमैत्री देखिन्छ|
यस सेवाअन्तर्गत हाल ५ वटा इभी माइक्रो खोपासीबाट र ५ वटा शंखुबाट सञ्चालनमा छन्। कम्पनीले यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै ११ सिट र १४ सिट क्षमताका सवारीहरू परिचालन गरेको छ। यात्रुहरूको प्रतिक्रिया सकारात्मक रहेमा थप ५ वटा विद्युतीय माइक्रोबस थप्ने योजना रहेको अध्यक्ष राजेशसुन्दर सैंजुले बताएका छन्।यात्रुहरूका गुनासा : सबैका लागि सहज छैन विद्युतीय माइक्रो,विद्युतीय माइक्रोबसको सुरुवात सकारात्मक देखिए पनि, यात्रुहरूबाट केही असन्तुष्टिपूर्ण प्रतिक्रिया आएका छन्।चार्जिङ संरचनाको अभाव : हाल पनौती क्षेत्रमै चार्जिङ स्टेशनको संख्या अत्यन्तै सीमित छ, जसले सवारीको नियमित सञ्चालनमा समस्या सिर्जना गर्ने देखिन्छ।

तसर्थ रुट र सिट संख्याको समस्या पनि उस्तै छ।बसहरू जति धेरै यात्रु बोक्न सक्दैनन्, जसले गर्दा भीड हुने समय (पिक आवर) मा धेरै यात्रु चढ्न नपाएर गुनासो गर्न बाध्य छन्।भाडादर यथावत राखिए पनि सेवा सन्तोषजनक नभएको गुनासो : विद्युतीय सवारी खर्च घटाउने उपाय हो, तर यात्रुहरूका अनुसार सेवा अझ प्रभावकारी बनाउन सकेमात्रै यो परियोजना सफल हुनेछ।गाडीको शक्ति (पावर) र टायर ग्रिपको समस्या : पहाडी भेगमा विद्युतीय गाडीहरूको मोटर पर्याप्त शक्तिशाली छैन भन्ने गुनासो स्थानीयहरूले गरेका छन्।

विद्युतीय माइक्रो भविष्यमा टिक्ने कि विस्थापित हुने?
विद्युतीय माइक्रोबसको सफलताका लागि सरकारले पनि आवश्यक नीति तथा पूर्वाधार विकास गर्नुपर्ने देखिन्छ।
ठाउ -ठाउमा चार्जिङ स्टेशनहरूको निर्माण,यातायात प्रणालीमा विद्युतीय सवारीहरूका लागि छुट्टै लेनको व्यवस्था,सरकारको अनुदान नीति र यातायात व्यवसायीहरूको सहकार्य,विद्युतीय गाडीको बैट्री क्षमताको सुधार तथा पहाडी भेगका लागि उपयुक्त डिजाइन । यदि यी समस्याहरू समाधान भएमा, विद्युतीय माइक्रोबस यातायातको भविष्य बन्न सक्छ। तर, आवश्यक पूर्वाधार विकास नगरीकन अघि बढेमा, यो सेवा टिक्न नसक्ने सम्भावना पनि उत्तिकै छ।विद्युतीय माइक्रोबस सेवा नयाँ प्रविधि भए पनि यसलाई दिगो रूपमा अघि बढाउन नीति निर्माताको ध्यान जानु आवश्यक छ। यात्रुहरूले सहज, सुलभ, र भरपर्दो सेवा पाए मात्र यो परियोजना सफल हुनेछ। अन्यथा, यो पनि सुरुवाती हाइपपछि हराउने परियोजना बन्न सक्छ भन्दै थिए पनौतीका नागरिक ।

विज्ञापन तपाईं हाम्रो यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: info@tapaihamro.com.np सम्पर्क गर्नुहोस्