आइतबार, असोज २५, २०८३

प्लाईवुड उद्योगको धुवाँले वायु प्रदूषणको खतरा !

Buddha Kumar Shrestha   बुधबार, फागुन १४, २०८१
प्लाईवुड उद्योगको धुवाँले वायु प्रदूषणको खतरा !

काभ्रे/पनौती नगरपालिका भित्र सञ्चालनमा रहेका प्लाईवुड  उद्योगहरूले वातावरणीय संकट निम्त्याइरहेको स्थानीय बासिन्दाहरूले गुनासो गरेका छन्। ती उद्योगहरूबाट निस्किने बाक्लो धुवाँले वरपरका बस्तीहरूमा वायु प्रदूषण निम्त्याएको छ, जसका कारण स्वास्थ्य समस्या पनि बढ्दै गएको छ।स्थानीय नागरिकहरूले विभिन्न तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रदूषणबारे जागरूकता फैलाउने प्रयास गरेका छन्। उनीहरूको दाबी अनुसार, प्लाईवुड उद्योगहरू निर्धारित मापदण्डहरू पालना नगरी सञ्चालन भइरहेका छन्, जसले गर्दा वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ।

“हामी प्रत्येक दिन धुलो र धुवाँ सँगै बाँच्न बाध्य छौं। बालबालिका, वृद्धवृद्धा, सबैजना श्वासप्रश्वासको समस्याबाट ग्रसित छन्,” एक स्थानीय बासिन्दाले बताएका छन्।यसबारे स्थानीय प्रशासन र सरोकारवाला निकायहरूले आवश्यक कदम चाल्नुपर्ने माग उठिरहेको छ। तर, हालसम्म यो समस्या समाधानका लागि कुनै प्रभावकारी कदम चालिएको छैन। यदि यसलाई नियन्त्रण गर्न चाँडै पहल गरिएन भने भविष्यमा झन् गम्भीर असर पर्ने चेतावनी स्थानीयहरूले दिएका छन्।

पनौती नगरपालिकाका अधिकारीहरूले यस विषयमा गम्भीरता लिँदै आवश्यक छानबिन गर्ने प्रतिबद्धता जनाएको देखिदैन। वातावरणीय मापदण्ड उल्लङ्घन गर्ने उद्योगहरूविरुद्ध कारबाहीको माग गर्दै स्थानीयहरू आन्दोलित हुने तयारीमा जुटेको भनाइ स्थानीय नगरबासी बिकेक भट्राइको छ।पनौती नगरपालिका बडा न ४ मा स्थानिय हुन बिबेक भट्राइ।उनी हाल राष्टिय स्वतन्त्र पार्टीका पनौती नगरसभापति हुन।बिबेकले समय समयमा समाजमा भएका बेथिति र कुरितिका विषयमा आवाज उठाउदै आएका छन्।केही दिन अगाडी पनि पनौती नगरपालिका वडा न ५ मा रहेको प्लाईवुड उद्योगबाट निस्केको धुवाँको मुस्लोको फोटो र भिडियो सामाजिक संजालमा सार्वजनिक गरेका थिए।

उक्त धुवाँको प्रदुषणले बाताबरण प्रदुषण त भएकै छ।साथै स्थानीय बासिहरुको स्वास्थ्यमा प्रत्यक्ष असर परेको स्थानीय नगरबासिको भनाइ छ।बिबेक लेख्नु हुन्छ-यो चाहिँ अत्याचार नै भयो।सम्बन्धित निकाय अझै मौन नै बस्ने भए स्थानियले एक्सन लिन्छौं अब।पनौती नगरपालिका सचिवालय ???? भनी ५ दिन अगाडि गत २५ गते शुक्रबार सामाजिक संजालमा सार्वजनिक गर्नु भएको थियो।

त्यसैगरि गुन्जन बन्जारा,लभ श्रेष्ठ र बिनोद घटराजले समेत उक्त क्रसरको दृश्य राखेका थिए।गत माघ १ गते पनि विवेकले कृतिम बादलको सृजना गर्दै गरेको दृश्य भनी धुवाँले बस्ती कुरुप बनाउदै गरेको फोटो पोष्ट गर्नु भएको थियो।स्थानीय कोकिल थापा लेख्नुहुन्छ- नेपाली कांग्रेस जिन्दावाद !! हुने वाला मेयर उमेदवारहरु / जनप्रतिनिधिहरु जिन्दावाद !!भ्रष्ट नालायक पनौती नगरपालिका का ठुला बडाहरु जिन्दावाद !!सबै पार्टी का झोलेज्यहरु जिन्दावाद !! त्यसै गरि पनौती नगरपालिका- ७ का राजराम कर्माचार्य लेख्नुहुन्छ-हावा पानी माटाे सुरक्षितका लागि पैरवी जरुरी भनी कमेन्ट गर्ने हिम्मत जुटाएका थिए।यसै बिषयमा हामिले क्रसर संचालकको बारेमा बुझ्ने प्रयत्न गरेका छौ।बडा अध्यक्ष र नगर प्रमुखलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन।हामी निरन्तर फलोअपमा छौ।

विज्ञापन तपाईं हाम्रो यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: info@tapaihamro.com.np सम्पर्क गर्नुहोस्