वर्ष २०८२ को सन्देश: साझा संकल्प, साझा समृद्धि — प्रधानमन्त्री ओली

काभ्रे, वैशाख १-
नयाँ वर्ष २०८२ को आरम्भमा राष्ट्रप्रति समर्पित सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई उत्साह, एकता र साझा भावनाले ओतप्रोत हुन आह्वान गर्नुभएको छ।उहाँले भन्नुभयो, “विगतका अवरोध र कठिनाइलाई पार गर्दै, हामीले हासिल गरेका उपलब्धिहरूको जगमा नयाँ नेपाल निर्माणको सपना साकार पार्न नयाँ वर्षले प्रेरणा दिनेछ। हामीले साझा सोच, साझा सङ्कल्प र साझा प्रयासबाट मात्र राष्ट्रको लक्ष्य पूरा गर्न सक्छौं।”प्रधानमन्त्रीले विशेषगरी युवाशक्तिको भूमिकालाई उल्लेख गर्दै प्रविधि, उद्यमशीलता र स्वरोजगारलाई प्रोत्साहन गर्ने नीति सरकारले अघि सारेको बताउनुभयो। उहाँले युवालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउने संकल्प व्यक्त गर्नुभयो।
प्रधानमन्त्री ओलीले देशको वर्तमान अवस्थालाई अवसरको रूपमा लिँदै सम्पूर्ण नेपालीलाई एक ढिक्का भएर देशको समृद्धि, स्वाभिमान र स्थायित्वको यात्रामा साथ दिन आग्रह गर्नुभएको छ।नयाँ वर्षको प्रारम्भमा राष्ट्रिय उन्नति र सामाजिक एकतालाई मूलमन्त्र बनाउँदै सम्मानित प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै राष्ट्र निर्माणका लागि सबैको साझा योगदान अपरिहार्य रहेको सन्देश दिनुभएको छ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “नयाँ ऊर्जा, नयाँ सङ्कल्प र नयाँ सम्भावनासहित अघि बढ्ने यो वर्षले हामीमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्नेछ भन्ने विश्वास लिएको छु।” उहाँले विगतका कठिनाइहरूलाई पार गर्दै हासिल गरिएका उपलब्धिलाई आधार बनाएर उज्यालो भविष्य निर्माणको दिशामा अग्रसर हुन आह्वान गर्नुभयो।प्रधानमन्त्रीले राष्ट्रको समृद्धि र जनताको सुख–समृद्धि सबैको साझा चाहना भएको उल्लेख गर्दै सरकारको प्रयास मात्र पर्याप्त नहुने र देशभित्र तथा बाहिर रहेका सबै नेपालीहरूको समर्पण, मेहनत र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
जातीय, सांस्कृतिक, भाषिक र धार्मिक विविधतालाई देशको साझा सम्पत्ति भन्दै उहाँले ती विविधतालाई एकतामा रूपान्तरण गर्दै सहिष्णुता, सद्भाव र राष्ट्रप्रेमको जगमा राष्ट्रलाई अघि बढाउनु पर्नेमा जोड दिनुभयो।उहाँले ग्रामीण भेगसम्म पूर्वाधार विस्तार, सामाजिक सेवामा सुधार तथा लोकतान्त्रिक प्रणालीबाट प्राप्त उपलब्धिहरूलाई समेट्दै विकास अब सपना मात्र नभई यथार्थको चरणमा प्रवेश गरेको तर्क गर्नुभयो। विशेषगरी युवाशक्तिलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर बनाउने सरकारी नीतिहरूलाई उहाँले राष्ट्र निर्माणको मेरुदण्डको रूपमा चित्रण गर्नुभयो।
वातावरणीय संरक्षण र दिगो विकासलाई जोड दिँदै प्रधानमन्त्रीले हरियाली, स्वच्छता र जलवायु सन्तुलनमा आधारित सोचको खाँचो औँल्याउनुभयो। उहाँले प्रकृतिसँग मित्रता गर्ने संकल्पको आवश्यकता औंल्याउँदै भविष्य पुस्तालाई सुरक्षित मातृभूमि हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।प्रधानमन्त्री ओलीले निराशाका सन्देशहरू फैलाउँदै मुलुकलाई गलत दिशामा लैजान खोज्ने प्रवृत्तिहरूको विरोध गर्दै आशा, एकता र राष्ट्रप्रेमका साथ अघि बढ्ने सन्देश सम्पूर्ण नेपालीमाझ पुर्याउनुभएको छ।
“प्रधानमन्त्री ओलीको सन्देश न केवल औपचारिक नयाँ वर्षको शुभकामना हो, यो राष्ट्रिय चेतना र समृद्धिको दिशामा नेपाली जनतालाई जागृत पार्ने ऐतिहासिक प्रेरणा पनि हो।”
